विजय थापा
वाशिंगटन डिसी । सरसफाई दूत घोषणा गरिएका हाँस्यकलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले सरसफाई अभियानका लागि सहयोग जुटाउन अमेरिका पुगेका छन् ।
अमेरिकामा रहेका नेपालीहरुले आयोजना गरेको विक्रम संवतको नयाँ वर्ष २०७२ कार्यक्रममा सहभागी हुन अमेरिका पुगेका धुर्मुस र सुन्तलीको जोडीले अमेरिकामा सहयोग अभियान चलाएका हुन् । करिब सवा दुई महिनाको कार्यक्रममा सहभागी हुन अमेरिका आएका उनीहरु देश सफा गर्ने अभियानमा लागि परेका छन् ।
हाल सम्म भर्जिनिया तथा बोस्टनमा गरि ३ वटा कार्यक्रम प्रदर्शन गरि सकेका धुर्मुस’ र ‘सुन्तली’ ले कार्यक्रमको अतिरिक्त सर सफाई अभियानलाई पनि अमेरिकामा व्यापक सचेतना गरि रहेका छन् । उनीहरुको यो अभियानलाई अमेरिकामा रहेका नेपाली समुदायले सहयोग गर्ने प्रतिबद्धता जाहेर गरि सकेका छन् ।
सरकारले घोषणा गरेको ‘सन् २०१७ सम्मको सरसफाई गुरुयोजना “अन्तर्गत डेढ महिनामा आफूहरुले सर सफाईका थुप्रै काम गर्न सफल भएको बताए । सीताराम कट्टेल र कुञ्जना घिमिरेले देश सफा गर्ने अभियानमा सुदुरपश्चिमका कञ्चनपुर, कैलाली, बाँके, बर्दिया लगायतका जिल्लामा पुगेर सफाई अभियानलाई अगाडि बढाई सकेका बताए । यसैैगरि पूर्वका मोरङ, सुनसरी, उदयपुर लगायतका क्षेत्रमा पनि सफाई अभियान गरि सकेको बताए ।
वाशिंगटन डिसीमा धुर्मुसले भने खुला दिशामुक्त क्षेत्र बनाउने हाम्रो लक्ष्य हो । काठमाडौँको चक्रपथमा सरकारबाट निर्मित चर्पी छैन । राजमार्गमा शौचालय छैन । महेन्ऽ राजमार्गमा पूर्वदेखि पश्चिमसम्म मात्र ११ सय चर्पीको आवश्यक छ ।’
आफू अमेरिका भएको बखत नेपाली समुदाय संग सहयोगको अपेक्षा राखेको बताए । नेपालको सर सफाईमा हामी प्रत्यक्ष रुपमा संलग्न भएको र हुने भन्दै नेपालको सरसफाईमा सहयोग गर्न चाहने सबै नेपाली समुदायलाई यो कामको जिम्मेवार लिन चाहेको उनीहरुले बताए । हामी नेपाली समुदायसंग यस बिषयमा कुरा गर्न चाहन्छौ । सम्पर्क गर्न चाहना राख्ने सबैसँग हामी सम्पर्क पनि बढाउने छौं ।
सीतारामले भने सर सफाई गर्नु भनेको त्यति सरल काम हैन तर सर्व प्रथम हामी सफा हुनु पर्छ । हाम्रो घर सफा हुनुपर्छ । शरीरमा भएको फोहोर निकाल्नु पर्छ । त्यसमा पनि हाम्रो मन सफा हुनुपर्छ । सरसफाई अभियानमा हाते मालो गर्न विदेशमा रहेका हरेक स्वाभिमानी नेपालीलाई कट्टेलले आग्रह गरे ।
नेपाल सरकारले कला क्षेत्रबाट कलाकारलाई दिएको यो उच्च सम्मान भएको भन्दै त्यो भरोसालाई सफल पार्न दत्तचित्त साथ लागि परेको कट्टेलले वाशिंगटन डिसीमा बताए । नेपाल सरकारले सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लाई उप-सचिव सरहको सेवा र सुविधा दिएर यो अभियानको ‘सद्भावना दुत’ बनाएको हो ।
No comments yet, be the first to leave one!
You must be logged in to post a comment.