अमेरिकाको डिसी महानगर क्षेत्रमा पन्ध्र बर्ष अगाडी नेवारी समुदायको संस्कृति ,परम्परालाई सम्बर्धन तथा प्रबर्धन गर्न स्थापना भएको नेवाः अर्गनाईजेसन अफ अमेरिकाले नेपाल सम्बत ११३६ धुमधाम साथ सुकुन्दा रयाली (प्रदर्सन ) को आयोजना गरि मनाएको छ । डिसेम्बर ६ तारिखमा सम्पन्न भएको उक्त कार्यक्रम म्यारिल्याण्डको पोटोम्याकमा पोटोम्याक सामुदायिक केन्द्रमा गरिएको थियो |
नेपाल सम्बत नया बर्ष धिमे बाजा ,सुकुन्दा प्रदर्सनको साथै समय बजी को साथ आरम्भ गरिएको थियो l उक्त कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कुमार कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा डिसी महानगर क्षेत्रका बिभिन्न संघ तथा संस्थाका प्रतिनिधि, अतिथि तथा आमन्त्रित समुदायको बाक्लो उपस्थिति रहेको थियो ।
राजदुत कार्कीलेले मन्तब्य राख्दै संस्कृति तथा परम्परा सम्बर्धन तथा प्रबर्धनमा अहम भूमिका निर्वाह गरेको नेवाः संगठन अमेरिकाको भूमिका अत्यन्तै सराहनीय रहेको बताउनु भयो |भारत सिक्किमबाट आउनु भएका बिशेष अतिथि राजिव शंकर श्रेष्ठ तथा म्यारिल्याण्ड राज्यका इन्डियन हेड नगरपालिकाका उप प्रमुख किरण सिटौलाको उपस्थिति रहेको थियो l कार्यक्रममा संस्थाका अध्यक्ष राम लाल श्रेष्ठले सबैलाई स्वागत गर्दै संस्थाका क्रियाकलाप तथा भूकम्प पिडितलाई गरेको सहयोग आदि बारेमा जानकारी गराएका थिए l बिशेष अतिथि राजिव शंकर श्रेष्ठले भारत सिक्किमको नेवारी समुदायमा सेवा गरे वापत प्रशंसा प्रमाण पत्र वितरण गरिएको थियो |
कार्यक्रमको दोश्रो चरणमा सांस्कृतिक कार्यक्रममा नेपाली चलचित्रका नायक दिलिप रायमाझी ,गायक राम श्रेष्ठ ,राज कुमार ,रोशन प्रताप राना , सृजन ताम्राकार , यज्ञ मान शाक्य , नगिन राजभण्डारी , लोचानी तारा शाक्य तथा बिभिन्न स्थानीय कलाकार तथा बालबालिकाले गित तथा नाचगान प्रस्तुत गरेका थिए |
Source: www.enepalese.com
Photo Courtesy: Rajeev Shrestha
No comments yet, be the first to leave one!
You must be logged in to post a comment.