Fund Raise Event-Building School in Nepal

Loading Map....

Date/Time
Date(s) - 07/03/2015 - 07/04/2015
8:00 pm - 12:30 am

Location
Hotel Marriott

Categories


लस एञ्जलस,अमेरिका,जुन १७ | मातृभूमि नेपालमा गएको विनाशकारी भूकम्पका कारण भएको क्षतिपछि अहिले देश विदेशमा रकम संकलन गरेर क्षतिग्रस्त सार्वजनिक संरचनाको पुनर्निर्माण र नव निर्माणमा योगदान गर्ने प्रयास भैरहेको छ | यस क्रममा यहाँ रहेका केही सिर्जनात्मक सोच भएका युवाहरु मिलेर एक सांगीतिक कार्यक्रम गरी रकम संकलन गर्ने भएका छन् |’नेपालको सहयोगार्थ वृहत मनोरन्जनात्मक कार्यक्रम’ को नामबाट यहाँ यस्तो सांगीतिक कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रम आयोजक मध्येकी एक अपला उपाध्यायले जानकारी दिएकी छिन् | एफ१ ग्रुपका नामबाट युवाहरुको एक समूहले यो कार्यक्रम आयोजना गर्न लागेको छ | लस एञ्जलसको स्थानीय नेपाली समुदायसंग मिलेर यही जुलाई ३ तारिख शुक्रवार साँझ लंग वीच मेरियट होटलमा यो कार्यक्रम आयोजना गर्न लागिएको मिस एएनए समेत भैसकेकी उपाध्यायले बताइन् | कार्यक्रममा अमेरिकामा रहेका गायक/गायिकाहरु निमा रुम्बा,नलिना चित्रकार,सरोज दत्त,दीपेशकिशोर भट्टराई,हेमन्त श्रेष्ठ,मलिना जोशी लगायतका गायक/गायिकासहितका कलाकारहरुको प्रस्तुती रहनेछ | अपला आफैं र मिस नेपाल मलिना जोशीको उद्घोषण रहने यो वृहत सांगीतिक कार्यक्रमबाट पचास हजार भन्दा बढी डलर रकम संकलन गर्ने आयोजकहरुको लक्ष्य छ | कार्यक्रमबाट उठेको रकम भूकम्पबाट अति प्रभावित जिल्लाका विद्यालय भवन निर्माणका लागि खर्च गरिनेछ

Nepali-Cultural-Show-Banner-in-LA

No comments yet, be the first to leave one!

You must be logged in to post a comment.