Date/Time
Date(s) - 07/11/2015
12:00 pm - 8:00 pm
Location
the bridge church
Categories
नेपाल र नेपालीलाई सहयोग गरौं भन्ने भाबनाको साथमा Northern California को बे एरिया र सेरोफेरोमा रहेका नेपालीहरुका सकृय संघ-संस्थाहरु NRN California Chapter, NANC (Nepalese Association of Northern California), जन सम्पर्क समिती नर्दन क्यालिफोर्निया च्याप्टर, सन्नि सगरमाथा समाज सन्निभेल, janapukar.com,जनजाती महासंघ,तमु समाज क्यालिफोर्निया, नेवा समाज कियालिफोर्नीया, शेर्पा सोसाईटी, The White Zone, Creative youth Club, NAFCA, NAGC, WANA Lions Club of Berkley Annapurna को संयुक्त आयोजनामा TPS (Temporary Protected Status) एक भब्य जानकारी मुलक कार्यक्रम आयोजना हुन गईरहेको छ। उक्त कार्यक्रमलाई सफल पार्नका निमित्त NRN NCC USA का बर्तमान अध्यक्ष डा. केशव पौडेल , बरिष्ठ कानूनबिद साथै NRN का पूर्ब अध्यक्ष खगेन्द्र जि.सी. आउंदै हुनु हुन्छ।त्यस्तै यस कार्यक्रमलाई अझ फलदायी बनाउनका निमित्त स्थानीय अध्यगमन बिज्ञ कानुन ब्यबसायी यज्ञ नेपाल , गोपाल शाह साथै संतोष गिरीको पनी उपस्थिती हुने हुंदा यो कार्यक्रम बाट लक्षित बर्गलाई निक्कै फाइदा हुने आयोजकहरुको अनुमान रहेको छ। साथै यदी कसैलाई तुरुन्त फारम भरी कार्यक्रम स्थलमानै सेवा लिने इच्छा भएमा कानुन बिद र स्वयंसेवकको सहयोगमा गर्न सक्नु हुनेछ। त्यसका निमित्त सेवा ग्रहील आफु संग भएको पासपोर्ट लगायत अन्य कगज-पत्र लिई आउनु भए यांहाहरुलाई सहज हुने आयोजक समितिको भनाई रहेको छ ।
Venue:
the bridge church 2414 m.l.k. jr way
Berkley CA-94704
Time:
12.00pm to 8.00pm
Date:
july 11 2015
No comments yet, be the first to leave one!
You must be logged in to post a comment.