अमेरीकी राष्ट्र्पती ट्र्म्पले चुनाव जितेपछि आफुले निर्वाचनको समयमा गरेका घोषणा मध्येका केही प्रतिज्ञा पुरा गरे। उन्ले जनवरी २५, २०१७ का दिन जारी गरेका आप्रावासीसंग सम्वन्धित दुईवटा कार्यकारी आदेशहरु भनेका अमेरीका र मेक्सीको बिचमा पर्खाल लगाऊने, ७ वटा मुस्लीम देशबाट —Iraq, Iran, Syria, Somalia, Sudan, Libya, and Yemen— — आऊने विदेशीहरुलाई ९० दिनका लागि अमेरीकामा प्रवेश गर्न अस्थायी प्रतिवन्ध लगाऊने, १२० दिन सम्म रिफुजीहरुको प्रवेशलाई रोक्ने, सिरियाबाट आऊने रिफुजीहरुलाई अनिस्चित कालका लागि प्रवेश गर्न नदिने, अमेरीकामा यो बर्ष आऊन पाऊने गरी तोकिएको ११०००० रिफुजीको कोटालाई घटाएर ५०००० बनाऊने जस्ता व्यवस्थाहरु एउटा आदेशमा उल्लेख गरिएको छ।
त्यस्तै अर्को आदेशमा अमेरीकामा अनधिकृत रुपबाट बसोबास गरिरहेका १ करोड १० लाख भन्दा बढी बिदेशीहरुलाई निष्कासन गर्ने। कागजविहीन रुपबाट अमेरीकाका सेन्चुरी सिटीहरुमा बसोबास गर्ने आप्रावाशीहरुले स्थानीय कानुनको उलंघन गरे भने सिक्युयर कम्युनिटी प्रोग्राम अन्र्तगत संघिय सरकारलाई जानकारी गराऊनु पर्ने। जानकारी नगराएको खण्डमा संघिय अनुदान रोक्का गरिने जस्ता व्यवस्थाहरु रहेको छन।
यो आदेश जारी भएपछि नेपाल लगायत माथि लेखिएका सातवटा देश बाहेकका अमेरीकीमा बस्ने अमेरीकी नागरिक, ग्रिनकार्डहोल्डर, र अन्य स्टाटसमा रहेका आप्रवासीहरुले पनि आफनो अवस्था के हुने हो? यो आदेशको कारणले गर्दा अमेरीकाबाट ट्र्म्प प्रशासनले निष्कासन पो गर्ने हो कि? अमेरीकाबाट छोटो समयको लागि बाहिर जानुपर्दा ग्रिनकार्डवाला र सिटिजनले पनि कुनै अनुमती लिनु पर्छ कि? जस्ता प्रश्नहरु सोध्ने गरेको पाईन्छ। यी कार्यकारी आदेशले अमेरीकी नागरिकता पाएका व्यक्ति, ग्रिनकार्ड भएका माथिका सातदेशबाहिरका नागरिकले छोटो समयका लागि अमेरीका बाहिर जानुपर्दा कुनै अनुमती लिनु पर्ने व्यवस्था गरेको छैन। यद्यपि ग्रिनकार्ड भएका व्यक्ति, एजाईली, र अन्य अस्थायी भिषा भएका आप्रवासीहरुलाई प्रवेश गर्दाको समयमा बाहिर गएर फर्किई आऊदा प्रवेश गर्न अयोग्य ठहरिने कुनै कार्य सो व्यक्तिबाट भएको छ वा छैन भनि जाचबुझ गर्ने कार्य भने हुन सक्दछ जुन कानुनी व्यवस्था पहिले पनि थियो।
राष्ट्र्पती ट्र्म्पले जारी गरेका कार्यकारी आदेशले भैरहेको संम्वैधानिक र कानुनी व्यवस्थालाई विस्थापित गर्न सक्दैन। उन्ले जारी गर्ने आदेशले पुर्ववर्ती राष्ट्र्पती ओवामाले अस्थायी कार्यकारी आदेश जारी गरेर अनधिकृत रुपबाट अमेरीकामा बसोबास गरिरहेका आप्रावासीहरलाई दिएको अस्थायी सुविधा र स्थायी सुविधा पाऊनका लागि सहजीकरण गरि दिएका प्रकृयाहरुलाई खारिज गर्न सक्दछन।
जारी गरिएका आदेशहरुले अमेरीकाको संविधान र कानुनद्धारा प्रदान गरिएको समानता र धार्मिक स्वतन्त्रताको हकलाई ड्युप्रोसेस अर्थात सुनुवाईको मौका नदिईकन सरकारले हनन गर्न लागेमा त्यसवबाट अपुरणिय क्षती हुने सम्भावना रहेका पिडित पक्षले संघिय अदालत समक्ष सो कार्य रोकी पाऊ भनि निवेदन दिन सक्दछ। यसरी पिडित पक्षले दिएको निवेदन उपर सुनुवाई हुदा अदालतले आवस्यक पर्ने कानुनी पुर्वावस्था रहेको ठहर गरेमा ती ओदशका केही अंश वा सबै अंश रोक लगाई पिडित पक्षलाई न्याय प्रदान गर्न सक्दछ।
राष्ट्र्पती ट्र्म्पको कार्यकारी आदेशबाट माथि लेखिएका मुस्लीम देश —Iraq, Iran, Syria, Somalia, Sudan, Libya, and Yemen बाट आऊने ग्रिनकार्ड, रिफुजी, एजाईली, र अन्य अस्थायी भिषा भएका विदेशीहरुलाई कार्यकारी आदेश जारी भएपछि जेएफके, न्युर्योक, बोष्टन, सियाटल, र डुलास लगायतका अमेरीकी एयरपोर्टमा सिबिपीका अधिकारीहरुले रोके र केहीलाई सम्वन्धित देशमा नै फर्काइयो भन्ने समाचारहरु निस्कीन थाले।
त्यसमध्ये जेएफके न्युर्योकमा ईराकबाट अमेरीकामा स्थायी रुपबाट बसोबास गर्ने अनुमती पाएर आएका दुईजना विदेशीहरुका तर्फबाट एसीएलयले शनिवार अर्थात २८ तारखका दिन न्युर्योक ब्रुकलिनमा रहेको संघिय जिल्ला अदालत समक्ष आपतकालीन निवेदन दर्ता गरी अदालतलाई नियमानुसार अमेरीकामा बस्ने भिषा पाई आएका व्यक्तिलाई फिर्ता पठाऊने आदेश अवैध भएको र थुनामा राखिएका विदेशीहरुलाई तत्कालै फिर्ता पठाऊने सम्भावना रहेको हुदा सो कार्य रोकी पाऊ। र यस्ता असम्वैधानिक आदेश पनि खारेज गरी पाऊ भनि दिएको निवेदनमा न्यायाधिशले अधिकारीहरुलाई यस्ता विदेशीहरुलाई फिर्ता नपाठाऊनु भनि अन्तरिम आदेश जारी गरेकी छन। http :www.vox.com/2017/1/28/14427846/trump-muslim-ban-order
त्यसैगरी अन्य तीन वटा संघिय अदालतहरुले पनि ट्र्म्पको यो आदेशलाई हाल कार्यान्वयन नगर्नु भनि अन्तरिम आदेश जारी गरेका छन। यो आदेश जारी भएपछि जेएफकेमा थुनिएका २ जना पिडित पक्षहरुलाई सिबिपीले छोडिदिएको छ। यद्यपि माथि लेखिएका देशहरुबाट आऊने सबै विदेशीहरुलाई अझै पनि आदेश अनुसार सोधपुछ र रोक्न सकिने सम्भावना भने टरेको छैन। यदी सिबिपीले रोकेमा विदेशीले वेभरको लागि निवेदन दिन पाऊने व्यवस्था गरिएको छ। यस्तो वेभर पाऊन लागि अमेरीकामा रहेका आफना नजीकका पारिवारिक नाताका व्यक्तिहरुलाई अनडयु आर्डसिप हुन्छ भनि प्रमाणित गर्नु पर्दछ। यो प्रकृया प्रमाणित गर्न त्यती सजिलो छैन।
यी कार्यकारी आदेशले पेरोल दिदा पनि बढी बिचार गरिने र पेरोलीहरुलाई पनि प्रवेश गर्ने समयमा बढी सोधपुछ हुने देखिन्छ। ओबामाको कार्यकारी आदेशबाट पाएका सुविधाहरु पनि खारिज गरिने सम्भावना रहेका छन। देश निष्कासन गरिने प्राथमिकतामा अनधिकृत रुपबाट अमेरीकामा बसोबास गरिरहेका आप्रावासीहरुलाई पनि एउटै श्रेणीमा राखिएको अवस्था देखिन्छ। यद्यपि यस्ता आप्रवाशीहरुको संख्या १ करोड १० लाख भन्दा बढी रहेको छ। ट्र्म्प प्रशासनले जारी गर्न ठिक्क पारेको तर जारी गर्न बाकी रहेका अन्य २ कार्यकारी आदेशहरुले डाका र डापा सुविधा प्रदान गर्ने आदेशहरु खारिज गर्ने प्रावधानहरु रहेका छन। जस्ले करिब ८ लाख अमेरीकामा सानो उमेरमा आएर यहाको शिक्षा हासिल गरेका र शैनिक सेवामा काम गरेका आप्रावासीहरु पर्दछन।
यो राष्ट्र्पतीको कार्यकारी आदेशले अमेरीकामा विदेशबाटनै रिफुजीको स्टाटस पाई अमेरीका प्रवेश गर्ने अनुमती पाएकाहरुलाई मात्र रोकेको छ। तर अमेरीकामा प्रवेश गरिसकेका आप्रवाशीहरुले एजाइलमका लागि आवस्यक पर्ने कानुनद्धारा तोकिएको पुर्वावस्था भएको अवस्थामा अपवाद वाहेक यहा आएको १ बर्ष भित्र शरणार्थीको लागि निवेदन दिन पाऊने अधिकार। अनि १ बर्ष पछिको समयमा पनि विथहोल्डींगको लागि निवेदन दिन पाऊने कानुनी व्यवस्थालाई भने कुनै असर पारेको छैन।
अहिलेको अबस्थामा अमेरीकीकाको नागरिक्ता नलिसकेका आप्रावासीहरु विशेषत रिफु्जी, एजाईली, र यस्को आधारबाट ग्रिनकार्ड पाएका आप्रावासीहरु, पेरोली र काम गर्ने र बस्ने अस्थायी भिषा पाएका आप्रावासीहरुले आपतकालीन अवस्था परे बाहेक अमेरीका बाहिर नजानु र जानु नै परेको अवस्थामा पनि अद्यागमन कानुनका वकिलसंग सल्लाह लिनु उचित हुन्छ।
ट्र्म्पको आप्रावाससंग सम्वन्धित कार्यकारी आदेशहरुले अहिले अन्यौलताको अवस्थामा श्रृजना गरेको छ। यी आदेशहरुका बिषयलाई लिएर कानुनी, राजनैतिक, सामाजीक, आर्थिक, शैक्षिक, र प्रशासनीक क्षेत्रमा अस्थीरता र आक्रोश ल्याएको छ। त्यसैले भोलीको अवस्थामा के हुने हो यकिन भन्न सकिने अवस्था नहुदा पर्ख र हेरको नियम लागु हुन्छ। अत यस्तो अवस्थामा हुलमुलमा जीऊ जोगाऊनु, अनिकालमा बिऊ जोगाऊनु भन्ने ऊखानलाई स्मरण गर्नु उचित होला।
प्रस्तुत लेख तपाईको जानकारीको लागि मात्र तयार पारिएको हो कानुनी परामर्शका लागि होईन। तपाईको अमेरीकी अद्यागमन र न्यूर्योक राज्यको कानुन सम्वन्धि कुनै समस्या भए कानुनी सल्लाहको लागि रोकालाई वहाको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा binodlawnyc@gmail.com/ www.binodlaw.com। मा सम्पर्क राख्न सक्नुहुने छ।
Source: http://enepalese.com/2017/02/113995.html
No comments yet, be the first to leave one!
You must be logged in to post a comment.