भर्जिनियाको स्कुलमा नेपालीभाषा समावेस

अमेरिकाको भर्जिनिया राज्य अन्तर्गत फेयर फ्याक्स काउन्टीमा अध्ययनरत बिद्यार्थीहरुले अङ्रेजी भाषा बाहेक तोकिएको अन्य २६ भाषाहरु लेख्न र बोल्न सक्षम भएमा थप क्रेडिट अङ्क पाउने भएका छन। फेयर फ्याक्स काउन्टीले तोकेको २६ भाषामा नेपाली भाषा पनि समाबेस गरिएको छ। यसका लागी विश्व भाषा योग्यता परिक्षा मार्फत तोकिएको २६ भाषाहरु मध्ये योग्य बिध्यार्थीहरुको आफ्नो मातृ भाषामा के कस्तो अनुभब छ सो को क्षमता निर्धारण गरिन्छ।

यस कार्यक्रम अन्तर्गत जो बिद्यार्थीले आफ्नो मात्रु भाषा बोल्न तथा लेख्न जान्दछ उनीहरुले थप एक देखी दुई क्रेडिट अङ्क सम्म प्राप्त गर्ने छन। फेयर फ्याक्स काउन्टीले तोकेको विश्व भाषाहरूको अनिबार्यतामा यस क्रेडिट अङ्कको प्राप्तीले उच्च डिप्लोमा अध्ययनका लागी सहयोगी हुन्छ। उच्च डिप्लोमा अध्ययनका लागी तीन क्रेडिट अङ्क आवस्यक पर्दछ।

फेयर फ्याक्स काउन्टीमा अध्ययनरत ग्रेड ७ देखी ग्रेड १२ सम्मका बिद्यार्थीहरु यस कार्यक्रमका लागी योग्य हुनेछन। यसका लागी निम्न अनुसार तोकिएका २६ भाषाहरु भित्र आफ्नो मातृ भाषा समाबेश भएको हुनु पर्नेछ।

तोकिएका २६ भाषाहरुमा:  अमेरिकी साइन भाषा, अम्हारिक, अरबी, बंगाली,, चिनियाँ, फारसी , फ्रान्सेली, जर्मन, हिन्दी, इटालियन, जापानी, कोरियाली, नेपाली, पाश्तो , पंजाबी, रूसी, संस्कृत  , सोमाली, स्पेनिश, फिलिपिनो, तामिल, तेलगु, तिगृनिया, ताई, उर्दू, र भियतनामी।

source: http://global.setopati.com/america/2257/

Categories: News

No comments yet, be the first to leave one!

You must be logged in to post a comment.