डिसीमा इन्द्र जात्रा (येन्या पुन्ही ) भव्यताको साथ सम्पन्न

noa_indrajatra2विजय थापा ,वाशिंगटन डिसी, डिसी महानगर क्षेत्रमा १५ बर्ष अगाडी नेवारी समुदाय द्वारा भाषा ,संस्कृति तथा कला लाई जगेर्ना तथा प्रबर्धन गर्ने उदेस्यले स्थापना भएको नेवाः अर्गनाईजेसन अफ अमेरिका ( एनओए )ले ५ औ इन्द्र जात्रा (येन्या पुन्ही ) भव्यताको साथ सम्पन्न गरेको छ |

गत सेप्टेम्बर २७ तारिखमा आयोजना भएको उक्त इन्द्र जात्रा कार्यक्रममा गत बर्ष भन्दा सहभागिता ज्यादा रहनुको साथै बिभिन्न जात जातिका अतिथि तथा व्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको थियो |noa_indrajatra

उक्त कार्यक्रममा नेवार समुदायको परम्परागत भोज समय बजी सम्पूर्ण अतिथिहरुलाई निसुल्क खुवाईएको थियो भने नेपालमा गएको भूकम्पमा आर्थिक सहयोग गर्नु हुने बिभिन्न संघ ,संस्था तथा व्यक्तिहरुलाई प्रसंसा गर्दै सम्मान गरिएको थियो |

उक्त कार्यक्रममा नेपालको जस्तै गरि लाखे नाच तथा पुलु किसी (सेतो हात्ती )को नृत्य को साथै परम्परागत स्थानीय रुपमा सजिएकी कुमारी पनि प्रस्तुत गरिएको थियो l उक्त कार्यक्रमको लागि अन्य राज्यहरु बाट पनि सहभागिता रहेको थियो भने संस्थाका अध्यक्ष राम लाल श्रेष्ठले कार्यक्रममा आर्थिक सहयोग तथा खानामा प्रायोजन गर्ने सबैलाई स्वागत गर्नुको साथै बिशेष धन्यबाद दिएका छन् |

क्त कार्यक्रममा भारत सिक्किममा अवस्थित करुणा देवी स्मारक धर्मार्थ गुठीका बिशेष व्यक्ति राजिव शंकर श्रेष्ठले नेवाः अर्गनाईजेसन अफ अमेरिका ( एनओए )ले नेवा समुदायको कला ,संस्कृति तथा भाषालाई जगेर्ना तथा प्रबर्धन विदेश समेत अहम भूमिका निर्वाह गरेकोमा संस्थालाई सम्मान गरेको छ |

Source: http://enepalese.com/2015/09/48666.html

No comments yet, be the first to leave one!

You must be logged in to post a comment.