एनआरएन अमेरिकामा यस कारण मेरो उमेदवारी-रबिना थापा

विश्वभर छरिएर रहेका नेपाल बाहिरका नेपालीहरुको साझा मन्चकोरुपमा गैर आवासिय नेपाली संघले हालैका वर्षहरुमा निकै लोकप्रियता हासिल गरेको छ । अझ गैर आवासिय नेपाली संघ, अमेरिकाको सदस्यता बिस्तार र लोक प्रियताको अभिवृद्धि त बितेको एक वर्षमा तीब्रतम नै रह्यो । Elite club को स्थितिबाट बढेर आम अमेरिकावासी नेपालीहरुको चासो र विश्वासको केन्द्रकोरुपमा आफूलाई स्थापित गर्ने संक्रमणमा छ – एनआरएन अमेरिका । यो परिवेशमा यो संस्थालाई वान्छित दिशा तिर उन्मुख गरी अमेरिकावासी नेपालीहरुलाई कर्म थलो अमेरिका र जन्म थलो नेपालमा आफ्ना हकहितको संरक्षण र संबर्द्धनमा प्रभावकारी ढंगले सघाउ पुर्याउने संस्थाकोरुपमा स्थापित गर्नु आजको चुनौती हो । यो चुनौतीको सामनाको निम्ति समाजसेवाको क्षेत्रको मेरो लामो र उपलब्धीमूलक अनुभव, खट्न सक्ने क्षमता, एवम् समाज सेवा प्रतिको मेरो समर्पण उपयोग गर्ने उद्देश्यले यस गरीमामय संस्थाको उपाध्यक्ष पदमा मैले उम्मेदवारी दिएको कुरा यहाँहरुमा निबेदन गर्न चाहान्छु ।

यस सन्दर्भमा मेरा अनुभव, उद्देश्य र केहि सान्दर्भिक कुराहरु यहाँहरु समक्ष राख्न चाहान्छु ।
मैले लामो समय बाना (Baltimore Association of Nepalese in America) को सभापति भई सेवा गर्ने अवसर प्राप्त गरेँ । त्यस अवसरलाई मैले मूलत: यस क्षेत्रमा वस्ने नेपालीहरु बीच आपसी सहयोग र भाईचाराको अभिवृद्धि गर्ने, नेपाली संस्कृति, भाषा र मौलिक पहिचानलाई यस कर्मथलोमा पनि सजिब राख्ने, नेपालीहरुलाई यस कर्मथलोमा रोजगारी र व्यवशाय गर्न सहयोग दिने र आपद विपदमा परेका नेपालीहरुलाई सहयोग जुटाउने अवसरको रुपमा उपयोग गरेँ ।

संसारका जुनसुकै कुनामा नेपालीका सन्तान जन्मे पनि म नेपाली हुँ र नेपाल प्रति मेरो कर्तव्य छ भन्ने भावनाको विकास गराउनु पर्छ भन्ने मेरो धारणा छ । मेरो कार्यकालमा बानाको सक्रियतामा नेपाली भाषा कक्षाको सन्चालन भयो । यस किसिमका भाषा र ससंकृतिको प्रबर्धनलाई अमेरिका भरि अभियानकोरुपमा चलाउनु पर्छ र त्यस निम्ति केहि गरौँ भनेर म उठेकी हुँ ।

हामीले बानामार्फत नेपाली व्यवशायीहरुलाई व्यवशाय सन्चालन सम्बन्धी कानूनी तथा अन्य जानकारी दिने कार्यक्रम सन्चालन गर्यौँ जुन धेरै प्रभावकारी भयो । नेपाली नेपालीबीच सीप, प्रबिधिको हस्तान्तरण, अनुभवको आदान प्रदानले यस कर्मथलोमा प्रगति गर्न ठूलो मद्दत पुग्दछ । यो संभावनालाई वास्तविकतामा परिवर्तन गर्न खट्ने कटिबद्धता हो मेरो उम्मेदवारी ।

अमेरिका बस्नु हरेक नेपालीका बाध्यता हो भन्दा अतियुक्ति नहोला । धेरैले रहरले विदेशि नागरिकता लिदैनन् । सन्तानको शिक्षा,स्वास्थ्य जस्ता कुराले बाध्य बनाएको हुन्छ तथापि नेपाल विदेशिएका हामी नेपालीको मन मस्तिष्कमा धनि टड्कारोरुपमा रहेको हुन्छ । नेपाली पन,नेपाली पहिचान अनि म नेपाली हुँ र नेपालकै लागि केहि गर्नुपर्छ भन्ने भावनाले ओतप्रोत नेपालीहरु सँधै नेपाली रहन पाउनु पर्छ र उनीहरुको लगानीलाई विशेष प्रोत्साहन हुनुपर्छ, प्रविधि हस्तान्तरण सहज हुनु पर्छ भन्ने आवाज़ उठाउन र त्यस निम्ति आवश्यक कानून नबनुन्जेल प्रभावकारी पहल जारी राख्ने वाचा र उद्देश्य लिई म एनआरएन अमेरिकामा उपाध्यक्ष पद्का लागी मैले आफ्नो उम्मेदवारी दर्ता गराएकी हुँ ।
आज नेपाल छ र त हामी म नेपाली हुँ भन्न पाएका छौ । यदि नेपाल नै रहेन भने हामि त रहौला तर हाम्रो पहिचान कहाँ रहन्छ र ? । आफू जन्मेको माटो प्रतिको हाम्रो आफ्नो कर्तव्यबाट हामी पन्छिन मिल्दैन । त्यसका निम्ति गैर आवासीय नेपालीहरुलाई आफ्नो मातृभूमिमा परोकार निम्ति उत्प्रेरित गर्ने र त्यस्तो कार्य गर्न खोज्नेहरुलाई सहज वातावरण र मन्चको व्यवस्था गरी मातृभूमिको सेवा र नेपाल स्थित नेपाली दाजुभाई दिदी बहिनीको माया जित्ने अभियानमा होमिने प्रण साथ आएको हो मेरो उम्मेदबारी ।

अमेरिकामा भण्डै झण्डै तीन लाखको हाराहारीमा रहेका नेपालीहरु एनआरएन अमेरिकाको चुनावी गतिविधि नियाली रहेका छन् । धेरै विश्लेषण अनि कसको नेतृत्व महत्वपूर्ण होला भन्ने खालका चर्चाले प्राथमिकता पाएका छन् । परदेशमा पनि आफ्नो हकहित,अधिकार,अर्थ र व्यापार र मुलुक प्रतिको जिम्मेवारी एनआरएनका मुख्य एजेण्डा हुन् । विदेशी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नहुने व्यवस्थाको माग एनआरएनको पहिलो ठुलो एजेण्डा हो । आर्थिक लगानिको मुद्धा एनआरएनको पहिलो मुद्धाका रुपमा स्थापित थियो तर पछिल्लो समय दोहारो नागरिकता ,मताधिकार र सामुहिक लगानी जस्ता मुद्धामा तिव्रता दिदै आएको छ ।

एनआरएन अमेरिकामा मेरो सक्रियता रहोस या नरहोस त्यो ठुलो कुरा होइन तर व्यक्तिगत स्वार्थ तथा फाइदाका लागी एवम एनआरएनमा राजनितिकरण हुनु हुँदैन भन्ने कुरामा मेरो विशेष जोड रहेको छ । राजनैतिक रंगका मानिसको प्रवेशले एनआरएन पनि राजनिकि विवाद एवम ति विवादहरुमा पनि राष्ट्रिय समन्वय समिति समेत मुछिएका छन् । पारदर्शिता एवम व्यवस्थित एनआरएन नै आजको आवश्यकता हो ।

म्याग्दी जस्तो विकट जिल्लामा जन्मेर पनि कर्म थलो अमेरिकालाई बनाएको पनि १३ बर्ष पुगिसकेको छ । अमेरिकामा पुन लिएको शैक्षिक योग्यताले म भित्र आत्माविश्वास, अनुभव र नेतृत्व क्षमता उच्च रहेको म आफुले बोध गरेको छु । बानाको अध्यक्षता सम्हालेर मैले नेतृत्व क्षमता प्रस्तुत गरेको सर्वविदितै छ । महिला हकहित तथा बराबरीको सिद्धान्तलाई पनि मैले राम्रो अध्ययन गरेर नै चुावमा होमिएकी हुँ । एनआरएन भित्र पनि महिलाहरु निकै पछि रेहको मैले महसुस गरेको छु । महिलाहरुले केहि गर्न सक्दैनन् भन्ने भावनाको विरुद्ध पनि मैले ेमेदवारी दर्ता गराएको हुँ । सांगठनिक अनुभव , शैक्षिक योग्यता, बौद्धिकता तथा नेपाल र नेपाली प्रतिको मेरो कर्तव्य बोधले एनआरएन अमेरिकाको चुस्त दुरुस्त सेवा तथा मजबुत संगठनका खातिर मेरो नेतृत्व महत्वपूर्ण रहने छ । यसैले यहाँहरुको अमूल्य मत दिई मलाई एनआरएन युएसएको उपाध्यक्षको हैसियतले सेवा गर्ने मौका दिनुहुन विनम्र आग्रह गर्दछु ।

रबिना थापा
उपाध्यक्ष पदको उम्मेद्वार
एन आर एन एन सि सि अमेरिका

download press release

No comments yet, be the first to leave one!

You must be logged in to post a comment.