विजय थापा ,वाशिंगटन डिसी | नेपालको दिर्घ कालिन सहयोगको लागि नेपालका लागि अमेरिकाका पूर्व राजदुत स्कट डेलेसी द्वारा स्थापित सोरवे फाउनडेसनको बिशेष पहलमा सुरसुधा अमेरिका आउने भएका छन् | शास्त्रीय सांगीतिक समूह सुरसुधाले अमेरिकाको बिभिन्न राज्यहरुमा बेजोड प्रस्तुति गर्ने र अमेरिका गुन्जयमान गराउने भएका छन् |
सोरवे फाउनडेसनले जनाए अनुसार सुरसुधाको संगीत टोलि अमेरिकाको विभिन्न राज्यहरुमा अगस्त महिनाको पहिलो हप्ता देखि आफ्नो प्रस्तुति आरम्भ गर्ने भएका छन् | सुरसुधाको कार्यक्रम टेक्सासको डालस ,न्युयोर्क ,पिट्सबर्ग ,भर्जिनिया, वाशिंगटन डिसी ,बाल्टिमोर ,कोलोराडो ,हुस्टन तथा सिकागोमा समेत कार्यक्रम गर्ने भएको छ | ईमपावर नेपाल टुर २०१६ नामक उक्त कार्यक्रम सोरवे फाउनडेसनको प्रस्तुति रहने छन् |
सोरवे फाउनडेसनका कार्यकारी निर्देशक नेपालका लागि भूतपूर्व अमेरिकन राजदुत स्कट डेलेसी रहेका छन् l पूर्व अमेरिकन राजदुत डेलेसीले सुरसुधाको अमेरिकन भ्रमण केवल नेपालको सहयोग लागि गरिएको बताएका छन् |
Source: enepalese.com
No comments yet, be the first to leave one!
You must be logged in to post a comment.