११ भदौ, काठमाडौं । पति श्रीकृष्ण श्रेष्ठको मृत्युपछि विरक्तिएकी नायिका श्वेता खड्का यो बीचमा दुई महिना अमेरिकामा बसिन् । नृत्य निर्देशक बसन्त श्रेष्ठले ‘यसरी झोक्राएर हुँदैन’ भन्दै उनलाई अमेरिका लगेका थिए ।
अमेरिका बसाईका क्रममा श्वेता आफ्नो कोहिनुर फिल्म लिएर थुप्रै ठाउँ पुगिन् । त्यहाँ बस्ने सयौं नेपालीहरु भेटिन् । घुमघाम गर्दै मन बहलाउने प्रयास गरिन् । कस्तो लाग्यो त उनलाई अमेरिका ?
‘भौतिक संरचनाको हिसाबले त अरु विकसित देशहरुको भन्दा धेरै फरक पाइँन’ झण्डै एक दर्जन देशहरुको भ्रमण गरिसकेकी श्वेता भन्छिन्-‘तर, त्यहाँको जनजीवनबाट हामीले सिक्नुपर्ने धेरै कुराहरु पाएँ ।’
के-के कुुरा भन्ने पनि उनले खुलाइन् । ‘त्यहाँका मानिसहरुले जीवनलाई बुझेका रहेछन्, समयलाई बुझेका रहेछन् । हामी नेपालीहरु जस्तो बरालिएर हिँड्दैनन् । संघर्ष गर्न सिकाउँदो रहेछ अमेरिकाले ।’ उनले अमेरिकाका सकारात्मक कुराहरुको सुची सुनाउँदै भनिन्-‘खाना खानका लागि श्रीमानले श्रीमतीको भर पर्दैन । महिला र पुरुषमा धेरै भिन्नता छैन । काम नगरी कोहि बस्दैन ।’
अमेरिकाअघि थुप्रै देशहरु घुमिसकेकी उनले भौतिक पूर्वाधारका हिसाबले चाहिँ धेरै नौलो नलागेको बताइन् । उनले हालसम्म कोरिया, मलेसिया, अष्ट्रेलिया, चीन, हङकङ, सिंगापुर लगायत मुलुकहरुको भ्रमण गरिसकेकी छिन् ।
‘सुख सुविधाको त के कुरा गर्नु । अमेरिकामा पैसा भएपछि नपाइने कुरा नै के छ र ? सबै थोक पाइन्छ,’ श्वेताले भनिन् । अमेरिका घुमेको ठाउँमध्ये टेक्सास बस्नका लागि सबैभन्दा राम्रो लागेको उनले बताइन् ।
उनको दृष्टिमा अमेरिकाका नराम्रा कुराहरु पनि छन् । नकारात्मक पक्षलाई उनी यसरी केलाउँछिन्-‘त्यहाँ मैले पारिवारिक माहौल त्यति राम्रो पाइँन । छोराछोरीसित बाबुआमाको राम्रो एट्याचमेन्ट नै नहुने । ठूला भएपछि छोराछोरीले बाबुआमालाई छोडेर हिँड्ने । साना केटाकेटीले ठूलालाई त्यति सम्मान नगर्ने । कति ठाउँमा मैले श्रीमान र श्रीमतीबीच को सम्वन्ध पनि प्राविधिक जस्तो पाएँ ।’
अमेरिकाका नेपाली आधा खुशी
अमेरिकामा श्वेतासित थुप्रै नेपालीहरुले भेटे र दुःख सुखका कुरा सुनाए । त्यहाँ बस्ने नेपालीहरु आधा हाँसीखुशी र आधा दुःखी पाएको श्वेता बताउँछिन् । ‘कसैको पीडा सुन्दा आँखाबाट आँशू आउँथ्यो’ उनी भन्छिन्-‘कसैले चाहिँ मलाई नेपालमा राम्रो वातावरण छैन भन्दै अमेरिकामै बस्न पनि प्रेरित गर्नुहुन्थ्यो ।’
This is true especially for body tissue, but evidence suggests that 80% of the cases have organic cause. viagra sildenafil canada You are advised to practice kegel exercises to strengthen the parasympathetic nerves and genital muscles to a great extent as a result of which your penile discount cialis unica-web.com tissues might get adversely affected. At one time, these variables cialis price this were thought to be the true purpose behind clumsiness. Dallas Mavericks vs Los Angeles Lakers NBA Free Picks: The defending champs are discount cialis generic officially on the ropes. श्वेतालाई अमेरिकामा बसेर व्यवसाय गर्न धेरैले प्रस्ताव थिए । यद्यपि लामो समयसम्म आफू देश छोडेर बस्न नसक्ने उनी बताउँछिन् । ‘अमेरिकामा धेरै जनाले मलाई मिलेर यतै विजनेस गरौं भन्नुभयो’ आलानइनखबखरसँग कुरा गर्दै श्वेता भन्छिन्-‘तर तत्कालै उहाँहरुलाई कुनै जवाफ दिने अवस्थामा म थिइँन । ‘
अमेरिकामा विजनेस गर्न आपत्ति नभए पनि सधैं उतै बस्ने हिसाबले जान नसक्ने उनी बताउँछिन् । ‘मलाई त नेपाल नै स्वर्ग जस्तो लाग्छ । देश र परिवार छोडेर लामो समय बस्न सक्दिन’- श्वेताले भनिन् ।
नेपालीहरुमा अमेरिका जाने होड कुनै रहरले नभएर बाध्यताले गर्दा भएको उनको बुझाई छ । ‘मेरो विचारमा कसैलाई पनि आफ्नो परिवार, समाज र देश छोडेर पराई मुलुकमा बस्ने रहर हुँदैन’ श्वेता भन्छिन्-‘उहाँहरु सबै नेपालमा अवसर नपाएर वा भविष्य राम्रो नदेखेर जानुभएको पाएँ ।’
अमेरिकीले नेपालीहरुप्रति राम्रो दृष्टिकोण राख्ने गरेको श्वेताको अनुभव छ । ‘धेरैले नेपाल र नेपालीको प्रशंसा गर्नुभएको पाएँ । नेपालीहरुलाई साहसी र इमान्दार भनेर प्रशंसा गरेको सुन्दा मन गदगद हुन्थ्यो’ उनले भनिन् ।
नेपाल छोडेर अमेरिका बस्दै आएका अधिकांस कलाकारहरुसित श्वेताले भेटिन् । उनीहरु आफैं श्वेतालाई भेट्न उनी बसेको ठाउँमा आउँथे र सान्त्वना दिन्थे । ‘सबै जना काम गरेर बस्नु भएको छ । खुशी नै हुनुहुन्छ’ उनले भनिन् ।
भुकम्पले विथोल्यो
नेपालमा ७.८ रेक्टरको भुकम्प जाँदा श्वेता खड्का अमेरिकामा थिइन् । राति साढे दुई बजे दाईले अत्तालिदै फोन गरेर भुकम्प आएको जानकारी दिएका थिए । त्यसपछिका दिनहरु भने छटपटीमा बितेको उनी बताउँछिन् ।
‘म राति सुतिरहेको बेलामा दादाले फोन गर्नुभयो,’ उनले भनिन्, ‘त्यो रात र त्यसपछिका धेरै रातहरु निदाउँन सकिनँ ।’
उनी नेपाल फर्कने दिनभन्दा तीन हप्तापछि नेपालमा भुकम्प आएको थियो । दाईले फोन गरेपछि उनले लगातार नेपालमा रहेका आफन्त र साथीभाईलाई फोन लगाउन थालिन् । चिनेजानेकाहरु सबै सुरक्षित नै थिए । तर अनलाईनहरुमा समाचार हेर्दा उनलाई नेपाल त ध्वस्तै भयो जस्तो लाग्यो ।
‘समाचार हेर्दा मलाई काठमाडौंमा अब केहि बाँकी छैन कि जस्तो लागेको थियो,’ उनले भनिन्, ‘यहाँ आएपछि मैले कल्पना गरेको अवस्था पाइन ।’
भुकम्पपछि कोहिनुरका सबै शोहरु श्वेताले रद्द गराइन् । क्यानाडाको न्याग्रा फल घुम्न जाने कार्यक्रम रद्द गरिन् ।
No comments yet, be the first to leave one!
You must be logged in to post a comment.