बाल्टिमोर अमेरिका ,
तनहुँ अमेरिका सोसाइटीले एस बर्ष पनि दशैं तिहार शुभकामाना साँझ भव्यताकासाथ सम्पन्न गरेको छ |
बाल्टिमोर , भर्जिनिया र डिसी ओर परका नेपाली संघ संस्थाको बाक्लो उपस्थिति रहेको सो शुभ कामना साँझमा कार्यक्रमका प्रमुख अथिति महाबार्निज्य दुत प्रेमराजा महतले शुभ कामना ब्यक्त गर्दै हामी नेपालि जहा बसेपनि आफ्नो संस्कृति चाड पर्ब भुल्न सग्दैनौ र त्यो नै हाम्रो पहिचान पनि हो भन्नुभयो | कार्यक्रमका बिशेष अतिथि नेपाल प्रहरीका ए आइ जी बिज्ञान राज शर्माले पनि शुभकामना मन्तब्य ब्यक्त गर्नु भयको थियो | शर्माले नेपाल आहिले बिशेष र जटिल परिस्थितिबाट गुज्रिरहेको र तेस्को सामना गर्न नेपाल सरकार र नेपाल प्रहरी चनाखोकासाथ कटिबद्ध रहेको छ भन्दै सबैलाई आस्वस्त पार्नु भयो | कार्यक्रमका अर्का बिशेष अतिथि उद्धेमी तथा एमालेका युवा नेता किसान श्रेष्ठले पनि शुभ कामना ब्यक्त गर्नु भएको थियो | आफुले तनहुँका पुराना साथीहरु भेट्न पाएकोमा अतेन्त खुसि ब्यक्त गर्दै एस्तो कार्यक्रमा आफुलाई बोलायर सम्मान गरेकोमा आयोजकलाइ आभार ब्यक्त गर्नु भयको थियो | सोसाइटिका अद्देक्ष्य पर्ल रेग्मीको सभापतित्त्योमा सम्पन्न सो शुभकामाना साँझमा रेग्मीले शुभकामना ब्यक्त गर्ने क्रममा समारोह सफलता पुर्बक सम्पन्न गर्न सहयोग पुर्याउने सम्पूर्ण आयोजक साथीहरु , अतिथि सम्पूर्ण तनहुँ बासि , र उपस्थित पाहाउनाहरुलाइ धन्यबाद ब्यक्त गर्नु भएको थियो |
कार्यक्रम सोसाइटीका सचिब कृष्ण जीबी पन्थले संचालन गर्नु भयको थियो | पन्थले बिगतमा सोसाइटीले गर्दै आयको कार्य बिबरण समेत प्रस्तुत गर्नु भएको थियो |
Categories: Press Release
No comments yet, be the first to leave one!
You must be logged in to post a comment.