नेपालीले अमेरिकामा इमिग्रेशन राहत ‘टीपीएस’ पाउने प्रबल सम्भावना!
क्षेत्री एण्ड एशोसिएटस् न्युयोर्कका यटर्नी बासु फुलारा
फेसबुक: http://www.facebook.com/bashu.phulara
फोन: (७१८) ४४०-५७५४
इमेल: bp@chhetrylaw.com
अमेरिकी सिनेटरहरु १) शुमेर (न्यूयोर्क) ले जून १६ मा निकाल्नु भएको ” नेपाली ले डी. एच. एस. बाट टिपिएस.-टेम्पोरेरी प्रोटेक्टेड स्टाटस पाएको” भन्ने प्रेस बिज्ञप्ति र जून १७ मा २) सिनेटर ब्लुमेन्थल (कनेक्टिकट)ले निकाल्नु भएको ” नेपाली ले डी. एच. एस. बाट टिपिएस.-टेम्पोरेरी प्रोटेक्टेड स्टाटस पाएको” भन्ने प्रेस बिज्ञप्तिलाइ आधार गरि हेर्ने हो भने अमेरिकामा रहेका भुकुम्प बाट प्रभावित अनडकुमेन्टेड नेपाली हरु, विद्यार्थी बर्ग वा यो कठिन घडीमा अमेरिका मा बस्ने नेपालीका लागि डी. एच. एस. बाट इमिग्रेसन कानुनी राहत -टिपिएस.-टेम्पोरेरी प्रोटेक्टेड स्टाटस मिल्न सक्ने प्रबल सम्भावना बढेको छ । तर टिपिएस प्रदान गर्न सक्ने आधिकारिक डीपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी आफैबाट अहिले सम्म सार्बजनिक रुपमा नेपालीलाइ टेम्पोरेरी प्रोटेक्टेड स्टेटस प्रदान गरिएको कुनै अधिकारिक सूचना आएको भने छैन। सिनेटरहरुको प्रेस बिज्ञप्तिहरुलाइ हेर्दा डीपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीबाट टिपिएस प्रदान हुन सक्ने भबिस्यको सम्भावनालाइ एउटा बलियो आशा गर्ने आधारको रुपमा भने लिन सकिन्छ।
ज्ञात रहोस, नेपालीले आशा गरेको टिपिएस. अहिले नेपाल सरकारको औपचारिक अनुरोध अनि स्टेट डिपार्टमेन्टको सहमति र सिफारिस संगै यसबारेमा निर्णय गर्ने अन्तिम निकाय डीपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीमा गएर विचाराधीन अबस्थामा छ । डीपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अन्तिम निर्णय गरेर नेपालको लागि टिपिएस.-टेम्पोरेरी प्रोटेक्टेड स्टाटस-दिएको खण्डमा यहाँ का १०-२० हजार नेपालीहरु यसबाट लाभान्वित हुने अनुमान गर्न सकिन्छ। डीपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले कुनै देश बाताबरणीय विपत्ति, विनाशकारि भुकम्पबाट गुज्रीरहेको छ र त्यस्तो अवस्थामा प्रभावित देशको नागरिक भुकम्प आएको मिति देखि अमेरिकामा बसेको छ र भुकुम्पले हाल देश फर्कन सक्ने स्थिति छैन भने सो देशलाइ टिपिएसको लिस्टमा राखी अमेरिकामा बसिरहेका भुकुम्पबाट प्रभावित सो देश का नागरिकहरुलाई लाइ टिपिएस कानुनी राहत प्रदान गर्न सक्छ। अहिले सम्म हाइटी लगायत ११ देशहरुलाई मात्र यो सुबिधा प्राप्त छ तर नेपाल आजको मिति सम्म टिपिएस प्राप्त गर्ने देशको सुचीमा पर्दैन। महत्वपुर्ण कुरा, नेपालीहरुलाइ डीपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले निहित अधिकार प्रयोग गरि टिपिएस दिने सम्भावना भने बढ्दै छ। भुकुम्पले तहस नहस भएको नेपाल फर्किने अबस्था नभएको हुदा नेपाल सरकारलाई पनि तत्कालको लागि थप बोझ नहोस्, केहि समयको लागी भए पनि अमेरिकाबाट नेपाल फर्किनु पर्ने अवस्थामा रहेका नेपालीलाई राहत मिलोस् भनेर अमेरिकामा नेपालीका लागि टिपिएस भन्ने कुराले बढ्दो प्राथमिकता पाएको हो।
यदि नेपाललाई टिपिएस प्राप्त भयो भने यहाँ बस्ने नेपालीहरुले केहि छोटो समयको लागी बैधानिक तबर बाट काम गर्न पाउने, देश निकाला बाट बच्ने, ट्राभल गर्न पाउने, डीपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी ले डिटेन्सनमा नराख्ने लगायत सुबिधा पाउने छन् । टिपीएसको लागि फाइल गर्दा भिषा सकिय को व्यक्ति होस् वा पढ्ने समय सकियको होस वा भिजिटर भएर आएको होस्, वा लुकेर नै आएको किन नहोस, सबै व्यक्तिहरु टिपिएसको अरु सबै कानुनी पुर्बाधार पुगेको खण्डमा टिपिएस पाउन योग्य हुन सक्ने छन् । टिपीएस दिएको खण्डमा सुरुमा ६ महिना देखि १८ महिना कानुनी हैसियत प्राप्त हुनेछ र पहिलो टिपीएस स्टाटस पनि सकियो र दोश्रो रजिस्ट्रेसन गर्ने वा नबिकरण गर्ने समय पनि अमेरिकामा मिलेन निज टिपीएस पाउने व्यक्ति पहिलाकै अवस्थामा फर्किनेछ र पुरानै इमिग्रेसन स्टाटस रहन सक्नेछ। अन्त्यमा, ज्ञात रहोस, टिपिएस द्वारा ग्रीनकार्ड पाइदैन तर अरु माध्यम बाट पाउने ग्रीन कार्ड लाइ यसले रोक्दैन। तपाई हामी आशा गरौ कि हजारौ नेपाली को दर्द र अनुरोध लाइ डीपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी ले चाडै नै टिपीएस स्वीकृति प्रदान गर्नेछ।
(यो लेखमा व्यक्त बिचारहरु पाठकका सामान्य जानकारीका लागि मात्रहुन् । कानुनी उपचारका सल्लाह भने होइनन् । अध्यागमन कानुनसम्बन्धि उपचारका लागि भने यटर्नी-एट-ल बासु फुलाराको इमेल: bp@chhetrylaw.com मा सम्पर्क राख्नसक्नु हुनेछ –सम्पादक ।)
No comments yet, be the first to leave one!
You must be logged in to post a comment.